पहाड़लाई शान्ति राखिदिने जीटीए अध्यक्ष अनित थापाको अपील

खरसाङ : गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका अध्यक्ष अनित थापाले पहाड़लाई शान्ति राखिदिने अपील गरेका छन्। तिनले विशेष गरी खरसाङका जनतालाई अघिको जस्तै भोलिको दिनमा पनि शान्ति कायम राखिदिने आग्रह गरेका छन्। विशेषगरी भोलि खरसाङमा सम्पन्न हुने बिमलपन्थी गोजमुमोको सभालाई मध्यनजर राखेर अध्यक्ष थापाले खरसाङ सभामा आउनेहरूले पनि खरसाङलाई अशान्त बनाउने विचार लिएर नआउने अनुरोध गर्दै गणतन्त्र भारतमा जसले पनि सभा गर्न अनि आफ्नो विचार राख्न पाउने बताउँदै तर शान्त पहाड़लाई फेरि अशान्त पार्ने चेष्टा कसैले पनि नगर्ने बताएका छन्। हामी सधैँ पहाड़मा शान्ति र विकासको दिशामा काम गर्ने पक्षका हौँ भन्दै विशेषगरी खरसाङका जनतालाई भोलि शान्ति कायम राखिदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *