पहाड़मा अब पार्टी र नेताको होइन जनताको जीत हुनुपर्छ : छिरिङ दाहाल

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा नारी मोर्चा नेत्री छिरिङ दाहालले आज खरसाङको दुधेको एउटा समर्थन सभालाई सम्बोधन गर्ने क्रममा पहाड़मा अब पार्टी र नेताको होइन जनताको जीत हुनुपर्छ भनी बताइन् । हिजोसम्म नेताले जितेर केवल कुर्सी तताउने काम गरे, जनताको हितमा काम गरेनन्। पर्जापट्टाको निम्ति काम गरेनन्, त्यसर्थ अब यहाँ नेताले होइन जनताले जित्नु पर्छ भनी बताइन। दाहालले नारीहरूले आजसम्म विभिन्न आन्दोलनहरूमा आफ्नो भूमिका महत्वपूर्ण बनाएको उल्लेख गर्दै आजसम्म ती भूमिका,त्याग र बलिदानको सही मूल्याङ्कन हुन सकेको थिएन भन्दै तर आज अनित थापाले कर्म नै धर्म हो भनेर छुट्टै गोरेटो कोरेर नारीहरुलाई त्यसमा सामेल गराइ सही मूल्य प्रदान गरेको बताइन्। तिनले हिजोसम्म जनताले जिताएका नेताले सही काम नगरेको आरोप लगाउँदै तर कोविडको महामारीमा अनित थापाले आफ्नो परिवारलाई छोड़ेर अनि आफ्नो ज्यानको समेत पर्वाह नगरी सम्पूर्ण पहाड़वासीलाई सुरक्षा प्रदान गरेको अवगत गराइन्। उनले अघि भनिन्, विगतका निर्वाचित नेताहरूले पहाड़लाई लथालिङ्गै बनाएर गए। विभिन्न विभेदहरूको रिक्त स्थानमा बेरोजगारीहरूलाई नियुक्ती दिने काम गरेनन्। युवा भाई बहिनीहरूलाई बेकारीको ताज लगाइदिने बंगाल होइन,केन्द्र पनि होइन तर तपाई हामीले जिताएर पठाएका नेतृत्वहरूले हुन्। आफू बसेको घर घडेरी पनि आजसम्म आफ्नो नाममा नहुनु जस्तो दुःखलाग्दो केही होइन भनी जनाउँदै दाहालले तर अबको विनय अनितको नेतृत्वले अवश्य नै मानिसहरूको घर घडेरी तिनीहरूको नाममा गराउनेछ भनी विश्वास दिलाइन्। आफ्नो सम्भाषणकै क्रममा तिनले एनआरसीको प्रसंगलाई अघि राख्दै यसले गोर्खाहरूलाई पनि क्षति पुर्यााउने जनाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *