पहाड़मा एकजना पञ्चायत सदस्यको लागि 700 मतदाता गरेकोमा युवा नेता सन्त किशोर गुरुङको आपत्ति

खरसाङ (निसं) : पश्चिम बंगाल सरकारले पञ्चायत चुनाउ संसोधन विधायक 2022 ल्याएर पहाड़मा एकजना पञ्चायत सदस्यको लागि 700 जना मतदाताहरू गरिएकोमा खरसाङको युवा नेता सन्त किशोर गुरुङले विरोध जनाएका छन्। तिनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर पहिला 250 जना मतदाताहरूले एकजना पञ्चायत सदस्य बनिन्थ्यो तर संसोधन गरेर 700 जना मतदाताहरूले केवल एकजना मात्रै सदस्य बनाएकोमा विरोध जनाएका छन्। गत जीटीए चुनाउमा खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़ेका सन्त किशोर गुरुङले उक्त संसोधन विधेयकको विरोध गर्नलाई पहाड़का राजनैतिक नेताहरूलाई भेटघाट गरेर यस विषयमा विरोध जनाउने भएको जानकारी गराएका छन्। बंगाल सरकारले पहाड़को पञ्चायत चुनाउमा संसोधन ल्याउन जीटीएलाई बेवास्ता गरेको पनि तिनले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *