पहाडमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको भए आज पहाड खरानील्याण्ड हुने थियो : अनित थापा

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष अनित थापाले समष्टिका प्रतिनिधिहरूलाई भेट्ने क्रममा आज घुम-जोरबङ्ग्लो समष्टिका समर्थकहरूसित दार्जिलिङस्थित पार्टी कार्यालयमा भेट गरे। यस अवसरमा पार्टी कार्यकर्ताहरूले आफूहरू आज कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन गर्न नआएको तर विगतमा पनि आफूहरू अनित थापासँगै रहेको अनि भविष्यमा पनि सँगै रहने प्रतिबद्धता जाहेर गर्नको साथै तिनलाई शुभकामना प्रकट गर्न आएको बताए। अर्कोतिर, अनित थापाले समष्टिका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गत चुनाउमा पहाडमा विध्वंश पार्ने सोँचलाई आफूहरू परास्त गर्न सक्षम बनेको बताए। तिनले अझ भने, हामी गोर्खाल्याण्ड निर्माण गर्ने प्रक्रियामा छौँ तर आन्दोलन गरेर होइन। आन्दोलन नै गर्नु हो भने दिल्लीमा गर्नुपर्छ। म पहाडलाई अब आन्दोलित हुन दिने छुइनँ। जुन प्रकारले गोर्खाल्याण्डको आन्दोलन भएको थियो त्यहीँ अनुसार आन्दोलन चलेको भए आज हाम्रो पहाड खरानील्याण्ड बनिसक्ने थियो। अब हामीले सोँचेको सोँचलाई कसैले पनि बोकेर लैजान सक्छ कारण अब हामी सामूहिक सोँचलाई बढाउनेतर्फ अग्रसर बनेका छौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *