पहाडमा ग्राम पञ्चायत चुनाउको हामी स्वागत गर्छौ: रोशन गिरी

दार्जिलिङ (निसं): पहाड़मा पञ्चायत चुनाउ सम्पन्न हुने विषयमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय महासचिव रोशन गिरीले आज दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै यसको स्वागत जनाएका छन्। रोशन गिरीले यस विषयमा आफ्नो प्रतिक्रिया दिँदै हामीले चाहेको तीन स्तरीय पञ्चायत चुनाउ हो अनि जीटीए एक्टमा पनि तीन स्तरीय पञ्चायत चुनाउ उल्लेख गरिएको बताए। तर यसपाली दुई स्तरीय भए तापनि ग्राम पञ्चायत चुनाउ भए हामी स्वागत गर्छौं कारण गत 2000 सालदेखि पञ्चायत चुनाउ नभएकोले गर्दा पञ्चायतबाट पाउने साहुलियतहरूबाट जनता वञ्चित रहेको बताएका छन्। गिरीले हामी तीन स्तरीय पञ्चायत चुनाउ नै चाहान्छौं तर अहिलेको लागि दुई स्तरीय भए पनि चुनाउ होस् अनि विस्तारै तीन स्तरीय पञ्चायत चुनाउ भएको होस् भनी बताए। तिनले अघि भने, पञ्चायत चुनाउ होस् भनेर सबै राजनैतिक दलहरूको माग रहेको थियो। हामीले पनि गत वर्ष 26 अक्टोबर 2021-मा मुख्यमन्त्री ममता ब्यानर्जी प्रशासनिक बैठक गर्न खरसाङ आएको समय हामीले पञ्चायत चुनाउको माग गरेका थियौं। पहाड़मा अहिले 112 वटा ग्राम पञ्चायतहरू रहेको र अब पञ्चायत चुनाउ अघि पहाड़मा रहेको ठूल्ठूलो खण्डहरूलाई छुट्टाएर सानो बनाउनु पर्ने तिनले बताएका छन्। यदि पञ्चायत चुनाउ भए गोर्खा जनमुक्ति मोर्चाले पनि उक्त चुनाउमा भाग लिने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *