पहाड़मा हिमाल तराई डुवर्स स्पोर्टस् फेस्टिभल पुन: शुरू गरिदिने मुख्यमन्त्री समक्ष निवेदन

खरसाङ : खरसाङ मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको नानीहरूले मुख्यमन्त्री पहाड़ आएको समय प्ला कार्डहरू लिएर स्वागत जनाउँदै हिमाल तराई डुवर्स स्पोर्ट्स फेस्टिभल आयोजना गर्ने अनुरोध पनि गरे। खरसाङ मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको निर्देशक कल्पना छेत्री र सिपाहीधुरा ब्राञ्चको ईन्चार्च छिरिङ भोटियाको अगुवाईमा कँराते खेलका विद्यार्थीहरू भेला भएर खरसाङको टूरिस्ट लज अनि सिपाहीधुराको मोटेल हाउस परिसरमा भेला भएर मुख्यमन्त्रीलाई स्वागत जनाएको जानकारी प्राप्त भएको छ ।


राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत जनाउने मुख्य उद्देश्य मुख्यमन्त्रीलाई स्वागत जनाउनु तथा हिमाल तराई डुवर्स स्पोट्स फेस्टिभलको आयोजनाको लागि धन्यवाद दिनु रहेको साथै यस स्पोर्ट्स फेस्टिभलको माध्यमले धेरैले सिभिक भोलेन्टिर्समा नोकरी पाएको पनि जानकारी गराउन रहेको बताइएको छ। मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ पहाड़को भ्रमणमा आउँदा सिपाहीधुरामा मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको चेयरम्यान सन्दीप प्रधानद्वारा लेखिएको ज्ञापन पत्र हातमा दिएको जानकारी प्राप्त भएको छ। मुख्यमन्त्रीको हातमा दिएको ज्ञापन पत्रमा हिमाल तराई डुवर्स स्पोट्स फेस्टिभल दार्जिलिङ पहाड़ र कालेबुङ जिल्लामा पनि विभिन्न खेलहरू जस्तै कराँते, त्वाईकान्डो, बक्सिङ र किक् बक्सिङ आदि खेलहरू समावेश गरेर पुन: पहाड़मा शुरु गरिनु पर्ने अनुरोध गरेको पनि मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको निर्देशक इशान गुरुङले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *