पहाडमा जनताको राज ल्याउनलाई सबै पहाडवासीलाई एकबद्ध हुने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको अपील

दार्जिलिङ : पञ्चायत चुनाउको मिति हालसम्म तय नभए तापनि दार्जिलिङ पहाडमा पञ्चायत चुनाउलाई लिएर राजनैतिक पार्टीहरूले जोडतोडले कसरत शुरू गरिसकेको छ। यसै सन्दर्भमा आज हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय नेतृत्वहरूसित पार्टी अध्यक्ष अजय एडवार्डले बैठक गरे। दार्जिलिङस्थित पार्टी अध्यक्ष अजय एडवार्डसको नीजि वास स्थानमा सम्पन्न भएको सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। लगभग दुई घण्टा लामो समयसम्म चलेको बैठकपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जनताको राजमा जनता नै राजा हुने दावी गरे। हाम्रो पार्टीले आफ्नो स्थापनाकालदेखि नै पहाडमा जनताको राज ल्याउनु पर्छ भन्दै गाउँ, शहर,बस्ती अनि चिया बगानहरूमा आह्वान गर्दै आइरहेको अध्यक्ष एडवार्डसले बताए। विगत धेरै वर्षदेखि यता दार्जीलिङ पार्वतीय क्षेत्रमा पञ्चायत चुनाउ नभएकोले गर्दा पहाडका ग्रामाणवासीहरू सरकारको योजनाहरूदेखि बञ्चित हुँदै आइरहेकोले पहाडमा पञ्चायत चुनाउ अति नै अनिवार्य रहेको हाम्रो पार्टीले भन्दै आइरहेको एडवार्डसले बताए। तिनले अझ भने, अब हुने पञ्चायत चुनाउमा पहाडमा जनताको राज ल्याउन पर्छ। जनताको राजमा जनता नै राजा हुनेछ। आफ्नो गाउँ, आफ्नो ठाउँको विकाश गर्नलाई लालकोठीको चैकीमा बस्नेको निर्देश र इशारा कुरेर बस्न पर्दैन। पहाडमा जनताको राज ल्याउनलाई समस्त पहाडवासीलाई एकबद्ध हुने पार्टी अध्यक्ष अजय एडवार्डसले अपिल गरेका छन्।


This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *