पहाडमा राजनैतिक संस्कार परिवर्तन भएको छ: निरज

दार्जिलिङ: पहाडमा शान्तिपूर्ण मतदान भएकोमा खुशी व्यक्त गर्दै भाजपा प्रार्थी निरज जिम्बाले पहाडमा राजनैतिक संस्कार परिवर्तन भएको मत व्यक्त गरेका छन्। मतदान पछि आज एउटा भीडियो क्लिप जारी गर्दै जिम्बाले भने, यसपाली चुनाउ भन्दा बढी चुनौती हो। हिजो मतदानको दिन पहाडमा बहुसंख्यामा मतदाताहरु अघि आएर आफ्नो मताधिकारको प्रयोग गरे। पहाडमा कहीँकतै अप्रिय र अशान्तिको घटना भएन। कतिपय मतदान केन्द्रमा शुरुमा ईभीएममा तक्निकी समस्या देखिए तापनि पछिबाट सुचारु रूपमा सञ्चालन भयो। सबै ठाउँ खुल्ला अनि सही रूपमा मतदान भएकोले यसपाली पहाडमा राजनैतिक संस्कार परिवर्तन भएको महसुस गरेको तिनले बताएका छन्। तिनले अझ भने, मतदाताहरुले मत दिइसकेका छन्। जनता नै जनार्दन् हुन् तर चुनाउ हो एकजनाको विजय निश्चित नै छ। जे नै भए तापनि यसपालीको मतदानले पहाडको राजनीतिमा नयाँ संस्कार लिएको छ अनि बेग्लै सन्देश दिएको छ। यस चुनाउमा आफुलाई सहयोग पुर्याउने सांसद राजु विष्ट, गोरामुमो अध्यक्ष मन घिसिङ, दार्जीलिङ ब्रान्च अध्यक्ष अजय एडवर्ड लगायत गठबन्धनका सबै नेतृत्वगण, गोरामुमोका सम्पूर्ण नेतृत्व साथै कार्यकर्ताहरुप्रति तिनले आभार प्रकट गरेका छन्। यसको साथै तिनले सबै प्रतिपक्षी दलका प्रतिद्वन्द्वीहरुलाई शुभेच्छा दिनको साथै विशेष गरेर समस्त मतदाताहरूप्रति पनि भाजपा प्रार्थी जिम्बाले कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes