पहाड़मा शान्ति भङ्ग गर्नेहरूलाई विरोध गर्छौं: समीरदीप ब्लोन

खरसाङ: पहाड़मा शान्ती बहालीको लागि गोजमुमो अध्यक्ष बिनय तामाङ र  महासचिव अनित थापाले राज्य सरकारसित मिलेर कार्य गरेको तर यसपाली बिमलपन्थीले अचानक राजनैतिक पार्टी तृणमूल कंग्रेससित मिलेको गोजमुमो खरसाङ महकुमा समितिको कार्यकारी सभापति समीरदीप ब्लोनले खरसाङको शान्ति जुलूस र पथसभापछि पत्रकारहरूसितको कुराकानीमा बताएका छन्। तिनले विनय अनितको अगुवाईमा तीन वर्षसम्म पहाड़मा अशान्ती र हिंसा भएन अनि पहाड़मा शान्ती कायम रहेको थियो तर अब फेरि पहाड़ अशान्ती गर्ने प्रयास गरे हामी त्यसको विरोध गर्नेछौं। आज हामीले खरसाङमा पहाड़ शान्तिमय राख्नुपर्छ भनी शान्ति जुलूस निकालेको र पहाड़का जनताले शान्ति चाहन्छ भनी आजको जुलूसले प्रमाणित भएको पनि बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिन्दै समीरदीप ब्लोनले अघि भने, “हामी पहाड़मा शान्ति चाहान्छौं र कसैले अशान्ति फैलाउन चाहन्छ भने हामी त्यसको प्रतिवाद गर्छौं, हामी कसैलाई विरोध गर्दैनौं, कसैलाई भगौड़े भन्दैनौं तर पहाड़मा शान्ती भंग गर्नेहरूलाई विरोध गर्छौं।” ब्लोनले अनित थापा र बिनय तामाङले जीटीएको अफिसियल रुपमा राज्य सरकार र राज्यका मुख्यमन्त्रीसित मिलेर शान्ती कायम गर्दै विकासका कार्यहरू गरिरहेको बताउँदै बिमलपन्थीले तृणमूल कांग्रेससित मिलेको आरोप पनि लगाए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *