पहाड समतलको वाहनहरूलाई पुलिसले दिग्दारी दिएको अभियोग

सिलगढी : पर्यटन मन्त्री गौतम देवको निर्देशलाई बेवास्ता गर्दै पुलिसले पहाड र समतलको वाहनहरूलाई जरिमाना लगाइरहेको एनजेपी ट्याक्सी प्राइभेट कार ड्राइभर एसोसिएसनका सचिव बाबु दासले आरोप लगाएका छन्। संगठनका सदस्यहरूको भनाइअनुसार कोरोना महामारीको रोकथामको लागि पाँच महिनासम्म लकडाउनले गर्दा ट्याक्सी मालिक लगायत चालकहरूले निक्कै समस्या भोगिरहेका छन्। लकडाउन खोलिएपछि तिनीहरूले गरेको निवेदन अनुसार राज्य सरकारले वाहनको ट्याक्समा छुट, बीमा, फिटनेस, पल्युसन लगायत केही छुटहरू दिएको छ। यसलाई लिएर पुलिसले तिनीहरूलाई कुनै प्रकारको दिग्दारी नगरोस् भन्ने उद्देश्य लिएर राज्यका पर्यटन मन्त्री गौतम देवले पुलिसलाई निर्देश दिए तापनि उक्त निर्देशको पालन नगरेर पुलिसले पहाड र समतलको वाहनबाट जरिमाना लिइरहेको बताइएको छ। बाबु दासको भनाइअनुसार मन्त्री देवले निर्देश दिए तापनि पुलिसले यसको पर्वाह नगरी पहाड र समतलका वाहनहरूलाई दिग्दारी गरिरहेको छ। यदि आगामी दिनमा पनि यस प्रकारको दिग्दारी भएको खण्डमा आफूहरूद्वारा यसको प्रतिवाद जनाउँदै हड्ताल गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *