पहाड़मा फस्टाइरहेछ ग्रामीण पर्यटन व्यवसाय

खरसाङ : पहाड़मा ग्रामीण पर्यटन व्यवसाय निक्कै फस्टाएर गईरहेको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङले ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा ठूलो उन्नति गरेर गएको छ भने खरसाङ महकुमा कै तीनधारे महानदी समष्टी अन्तर्गत शिवखोला, नरबुङ, सिपाहीधुरा, रंगटङ्ग क्षेत्रमा पनि ग्रामीण पर्यटन व्यवसाय विस्तारै फस्टाएर गइरहेका छन् । शिवखोलामा ग्रामीण पर्यटन व्यवसायसितै धार्मिक पर्यटन स्थलको रूपमा पनि निक्कै विकसित भईरहेको छ । त्यसरी नै सिपाहीधुरामा विस्तारै विकसित हुँदै गईरहेका छन् । सिपाहीधुरा र रंगटङ्ग क्षेत्रमा बलिवुडका प्रसिद्ध फिल्म परिणिताको एउटा गीतको सुटिङ गरिएको थियो भने बङ्गला र हिन्दी फिल्महरू पनि निक्कै सुटिङ भइसकेको छ। यहाँदेखि केही मुनि रंगटङ्ग क्षेत्रमा महानन्द वाइल्ड लाइफ फरेष्ट अन्तर्गत विभिन्न प्रजातिको चराहरू पाइने हुनाले यहाँ बर्ड वाचिङको लागि प्रसिद्ध रहेको छ।


त्यसरी नै दार्जीलिङ र सिलगढीबाट डीएचआरको ट्रोय ट्रेनमा जोय राइड पनि हुनाले पर्यटकहरू सिपाहीधुरामा आउने गर्छन् । सिपाहीधुरामा गत दुई वर्षदेखि यम्फु होम स्टेको स्थापनाले देशी विदेशी पर्यटकहरूलाई निक्कै आकर्षित गरिरहेको छ। यहाँको यम्फु होम स्टेको सञ्चालक स्थानीय सीबी राईले यो क्षेत्र सिलगढी र दार्जीलिङको मध्य ठाउँमा पर्ने हुनाले पर्यटकहरू यहाँ आएर दार्जीलिङ, खरसाङ, मिरिक क्षेत्रमा घुम्न जाने गरेको बताए। तिनले सिपाहीधुरामा पर्यटकहरूले प्राकृतिक सुन्दरता र पहाड़ मधेशको सुन्दर स्थलहरू हेर्न सक्ने साथै यहाँ दार्जीलिङ चिया उत्पादन गर्ने प्रक्रियालाई हेर्न सक्ने र बर्ड वाचिङ तथा अन्य साहसिक पर्यटनमा मनोरञ्जन गर्न सक्ने पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *