पहाडी अल्पसंख्यक बोर्डका चेयरम्यानद्वारा बिजनबारीको परिभ्रमण

बिजनबारी : पहाडी अल्पसंख्यक बोर्डका चेयरम्यान फादर सोलोमन सुब्बाले आज बिजनबारी ब्लक अन्तर्गत विभिन्न क्षेत्रको परिभ्रमण गरे। तिनले प्राकृतिक ताण्डवको पर्वाह नगरी बिजनबारीको रेलिङ ग्राम पञ्चायत अन्तर्गत विभिन्न गाउँको आज परिभ्रमण गरे। आज बिहानैदेखि पहाडी अल्पसंख्यक बोर्ड चेयरम्यान फादर सोलोमन सुब्बा बिजनबारी हुँदै कैजले भएर लामागाउँ पुगे।  त्यहाँ तिनले स्प्रिङ अफ लाइफ कम्युनिटी डेभलपमेन्ट सेल अफिसको विधिवत रूपमा उद्घाटन गरेपछि त्यहाँबाट सोझै साम्सु पुगे। यहाँ स्थानीय एउटा चर्चमा सम्पन्न कार्यक्रममा रेलिङ ग्राम पञ्चायत लगायत वरिपरिका स्थानहरुबाट उपस्थित अल्पसंख्यक समुदायमा मानिसहरूलाई सम्बोधन गरे। कार्यक्रममा फादर सुब्बा वाहेक रेलिङ गाउँ लगायत वरिपरिका 17 वटा चर्चका प्रतिनिधिहरुको बिशेष रूपमा उपस्थित रहेको थियो। आजको भ्रमण अवधि अल्पसंख्यक बोर्ड चेयरम्यान सुब्बालाई ठाउँ-ठाउँमा इसाई समुदायका मानिसहरूले भव्य स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *