पहिलो बैशाखमा सांस्कृतिक ऱ्याली निकालिइने

खरसाङ: खरसाङमा गोर्खा सांस्कृतिक संस्थानद्वारा पहिलो बैशाख अर्थात नयाँ वर्ष भव्य रूपमा पालन गरिने भएको आज संस्थानका सभापति आशा मुखिया लामाले एक प्रेस भेलालाई जानकारी दिएकी छन्। आगामी 14 अप्रेल 2022 को दिन खरसाङ मोटर स्टयान्डबाट एउटा विराट सांस्कृतिक ऱ्याली निकालेर यसले खरसाङ शहरको परिक्रमा गरिने अनि 16 अप्रेल 2022 को दिन टाउन कम्युनिटि हल, नयाँ बजार खरसाङमा एउटा साङ्गीतिक अनि संवर्द्धना कार्यक्रम गरिने भएको थप जानकारी श्रीमती लामाले दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *