पहिलो स्थापना दिवस पालन

खरसाङ : खरसाङको स्थानीय च्यानल नमस्ते खरसाङको समाचार शाखा एनके समाचारको आफ्नो पहिलो स्थापना दिवस आज केक काटेर पालन गऱ्यो। कार्यक्रममा खरसाङका वरिष्ठ समाजसेवी टीटी लामा,खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका सभापति मोहोन योन्जन, अधिवक्ता रमेश अग्रवाल, अन्तराष्ट्रीय बडिबिल्डिङ कोच संजय छेत्री, फिरोज अख्तर, खरसाङ प्रेस क्लबका सभापति मुरलीलाल पंचम, खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका कोषाध्यक्ष बसन्त सिंग विशेष अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा उपस्थित अतिथिहरूले च्यानलको उत्तोरत्तर प्रगतिको कामना गर्दै च्यानलले गरिरहेको उन्नति र सफलताको सरहना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *