पहिलो मधुमल्ला गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रित नकआउट फुटबल टुर्नामेन्टमा खरसाङको युकेएफसी फुटबल टोली सेमिफाइनलमा प्रवेश

खरसाङ  : पूर्व नेपालको धारा अन्तर्गत दमकमा सम्पन्न भइरहेको पहिलो मधुमल्ला गोल्ड कप अन्तर्राष्ट्रीय आमन्त्रित नकआउट फुटबल टुर्नामेन्ट 2079 मा खरसाङको युकेएफसी फुटबल टीम सेमी फाइनलमा प्रवेश गरेको छ। युकेएफसी खरसाङ बनाम रोयल स्पोर्टिङ क्लब दमक झापामाझ हिजो सम्पन्न भएको क्वार्टर फाइनल खेलमा युकेएफसी खरसाङले 2-1 को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। युकेएफसीको पक्षमा पहिलो गोल योगल तामाङले गरेका थिए भने दोस्रो गोल सौरभ तामाङले गरेका थिए। यस खेलमा युकेएफसी खरसाङको खेलाड़ी योगल तामाङ म्यान अफ् द म्याच चयन भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *