पहिलो श्रेणीदेखि नै स्कूल खोल्ने माग गर्दै एआईडीएसओ-ले सिलगढीमा निकाल्यो ऱ्याली

सिलगढी: विभिन्न छात्र सङ्गठन लगायत अन्यले कोरोना संक्रमणको कारण बन्द रहेको सबै स्कूल कलेजहरू खोल्नेबारे लगातार गरिरहेको मागलाई ध्यानमा राखेर राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 3 फरवरीदेखि आठौ श्रेणीदेखि बाह्रौ श्रेणीसम्म राज्यको सबै स्कूल साथै कलेज तथा युनिभर्सिटी खोल्ने घोषणा गरेकी छन्। यता, सिलगढीमा एआईडीएसओ छात्र सङ्गठनको तर्फबाट राज्य सरकारको उक्त निर्णयलाई स्वागत गर्दै फेरि एउटा नयाँ माग राखेको छ। उक्त सङ्गठनको तर्फबाट राज्य सरकारले कक्षा आठदेखि नभएर प्रथम श्रेणीदेखि नै स्कूल खोल्नेबारे नयाँ निर्देशिका जारी गर्नु पर्ने माग गर्दै आज सिलगढी सहरमा एउटा ऱ्याली निकालिइयो। यसको साथै केन्द्र सरकारद्वारा शुरू गरिएको नयाँ शिक्षा नीतिलाई रद्द गरिनु पर्ने पनि सङ्गठनको पक्षमा माग गरेको छ। कक्षा आठदेखि नभएर प्रथम श्रेणीदेखि नै स्कूल खोलिनु जरीरू रहेको छ किनभने घरमा बसेर नानीहरूको पढ़ाई-लेखाई सबै बर्बाद भइरहेको बताइएको छ। यसैले जबसम्म राज्य सरकारले नयाँ निर्देशिका जारी गर्दैन तबसम्म उक्त आन्दोलन जारी रहने एआईडीएसओ छात्र सङ्गठनले दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *