पैह्रो क्षेत्रको विनय तामाङले गरे निरीक्षण

बिजनबारी: आरूबोटे सेक्रेट हार्ट स्कूल परिसरमा गएको विभत्स पैह्रोको कारण यहाँका धेरै परिवारलाई अन्यत्र सुरक्षित स्थानमा राखिएको छ। गोजमुमो अध्यक्ष विनय तामाङले उक्त ठाउँको स्थलगत निरीक्षण गरेपछि पिडित परिवारहरूलाई पुनर्वास गराउन भोली नै मुख्यमन्त्री ममता बनर्जी समक्ष निवेदन गर्ने वचन दिएका छन्। भ्रमण आवधि सुके मानेभञ्ज्याङ समष्टि सभापति बुद्ध तामाङ लगायत समष्टिका नेतृत्वहरु बिशेष उपस्थित थिए। यस अवसरमा पहिरोले बिस्थापित बनेका मानिसहरुलाई राहत सामाग्री लगायत अन्य आवश्यक सर-सामानहरू वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *