पहिरोग्रस्त स्थलको भोलि विभागीय निरीक्षण गरिने

बिजनबारी : पहिरोको चपेटामा परेका जीतबहादुर मगरको घर वरिपरिको खेतीको जमीनलाई पुनः प्रयोगमा ल्याउनको निम्ति जीटीए-को सहयोगमा आफू व्यक्तिगत रूपमा लागिपर्ने गोजमुमो उपाध्यक्ष सतीस पोख्रेलले जनाएका छन्। तिनले दिएको जानकारीअनुसार बिजनबारी क्षेत्रको उक्त पहिरो ग्रस्त ठाउँको भोलिदेखि विभिन्न विभागले स्थलगत भ्रमण गर्ने भएको छ। आफूले व्यक्तिगत रूपमा अथवा जीटीएको सम्बन्धित विभागको तर्फबाट के-कस्ता सहयोगहरू हुनसक्छ त्यसबारे आफूले कुराकानी गरिसकेको पोख्रेलले बताए। यसको साथै पीडित जीत बहादुरको सहयोगको निम्ति केही व्यक्तिहरू अघि आइरहेको पनि तिनले जानकारी गराए। स्मरण रहोस्, बिजनबारीको रेलिङ ग्राम पञ्चायत अन्तर्गत पर्ने पाखागाउँमा हिजो दिउँसो आएको पहिरोले जीतबहादुर मगरको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *