पैह्रोग्रस्त लोअर आरुबोटेको हिल तृणमूल प्रतिनिधिहरूद्वारा निरीक्षण

बिजनबारी: प्राकृतिक आपदको चपेटामा परेको दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ मजुवा ग्राम पञ्चायतको लोअर आरुबोटेमा हिल तृणमूलको एउटा प्रतिनिधि टोलीले भ्रमण गरेर राहत सामग्रीहरू वितरण गर्यो। जिल्ला प्रवक्ता तथा दार्जिलिङ महकुमा संयोजक एनबी खवासको नेतृत्वमा गएको उक्त प्रतिनिधि टोलीले पैह्रो प्रभावित गाउँका पीडित परिवारहरूसित भेटघाट गरी सहयोग गर्ने आश्वासन दिएको छ। उक्त भ्रमण टोलीमा मिलन डुक्पा, जिल्ला महासचिव निर्मल सिंह, उर्गेल शेर्पास, खण्ड सभापति पर्वरिस सुब्बा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *