कालेबुङ : कालेबुङ जिल्लाको पेदोङ बजारदेखि लगभग 15 किलोमिटर टाढा अवस्थित कटारेमा आज बिहान गएको पहिरोले एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 75 वर्षीय बीर बहादुर मगरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बिहानै लगभग 3.30 बजेतिर पहिरोको चपेटमा परेर तिनको मृत्यु भएको बताइएको छ। मृतकको शव क्षत-विक्षत अवस्थामा उद्धार गरियो। मृतक बीर बहादुर मगर अविवाहित रहेको साथै तिनी घरमा एक्लो बस्ने गर्दथे।
