पैह्रोले बन्द भएको एनएच-55 खोलियो

खरसाङ (निसं) : अविरल वर्षाको कारणले खरसाङको तीनधारे क्षेत्रमा पनि पैह्रो गएर एनएच-55 बाधित बनेको थियो। तथापि उक्त पैह्रो जीसीबी-ले बिहानैदेखि सफा गरेपछि आज दिउँसोदेखि एनएच-55 पुन: खोलिएको छ। तीनधारेको रेलवे स्टेशन परिसरबाट गएको पैह्रोले पुरानो अस्पताल नजिक पैह्रोको थुप्रो झरेर सड़क बन्द भएको थियो। तर दिउँसो 12 बजे अघि नै जेसीबी-को सहयोगमा पैह्रो सफा गरेर सड़क मार्ग खोलिए पछि वाहनहरूको चलाचल शुरू भएको छ। आज बिहान केही घण्टासम्म पैह्रोले तीनधारेमा बन्द भएको एनएच-55 खोलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *