पैह्रोले दार्जिलिङ जाने सडक बन्द

मङ्पु: तीन दिनदेखि लगातार परेको मुसुलधारे पानीले गर्दा आज बिहान रम्बी खोला नजिक माथिबाट मुल सडकमैं पैह्रो झरेपछि सडक दिनभरि पूर्ण रूपले बन्द भएको छ। पेशोक मङपु रोड नामले चिनिने यो पीडब्लुडीको अधिनस्थ रहेको रोड बन्द भएपछि सबै वाहनहरूको चलाचल पनि ठप्प बन्न पुगेको छ। विशेष गरेर मङपुदेखि तीन माईल हुँदै दार्जिलिङ जाने यो रोड बन्द भएपछि आज मङ्पुदेखि दार्जिलिङ जाने वाहनहरूको लागि निक्कै समस्या देखा परेको देखियो। तथापि उक्त सडकको पैह्रोसितै आएको रूख तथा ढुंगा-माटोहरू हटाइने काम युद्ध स्तरमा सम्पन्न भइरहेकोले आज बेलुकीसम्म सडक खोलिने सम्भावना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *