पैह्रोले दुईवटा घरलाई क्षति

मिरिक: मिरिक महकुमा अन्तर्गत पर्ने सौरेनी ग्राम पञ्चायत 2-को बडाकोठीमा गत राति परेको अविरल वर्षाले पैह्रो गएको छ। उक्त पैह्रोले स्थानीय अनुप थापा र सोनाम तामाडको घरलाई क्षति पुऱ्याएको छ।


घरमाथिको डील झरेर आँगनमा पैह्रोको थाक लागेको छ। यस विषयमा स्थानीय अनुप थापा लगायत अन्यले जानकारी गराउँदै सम्बन्धित विभागले यसको चाँड़ै निरीक्षण गरेर उचित पहल गरिदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *