पैह्रोले गर्दा रोहिणी माध्यमिक शिक्षा भवन क्षतिग्रस्त, पुन: निर्माण गरिदिने सबैसित अपील

खरसाङ  : खरसाङ खण्डको रोहिणीमा अवस्थित यहाँको एउटा शैक्षिक संस्था रोहिणी माध्यमिक शिक्षा केन्द्र भवनलाई गत दुई दिन लगातार परेको वर्षाले पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार गत मंगलवार लगातार रूपमा परेको पानीले स्कूल भवनमाथि पैह्रो गएपछि स्कूल भवनलाई पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ। विद्यालयका शिक्षक प्रभारी दिपेन तामाङले जनाए अनुसार लगातार रूपमा परिरहेको पानीको कारण गत मंगलवार राती साढ़े एघार बजीतिर स्कूल भवनमाथिबाट पैह्रो गएकोले स्कूल भवनलाई पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ।


पैह्रोले कक्षा कोठाहरू तथा डेस्क बेञ्चहरू लगायत अन्य सामाग्रीहरू नष्ट गरिदिएको छ।  अहिले कोरोनाको कारण हाल स्कूल बन्द छ,नत्र स्कूल खुल्ला भएको भए विद्यार्थीहरूलाई यहाँ पढ़ाउन धेरै असुविधा हुने थियो भन्दै गत 2010 मा विभिन्न संघ-संस्था तथा व्यक्ति विशेषको सहयोगमा निर्माण गरिएको यस स्कूल भवनलाई मंगलवार राति गएको पैह्रोले क्षतिग्रस्त पारिदिएपछि स्कूल भवनको अवस्था धेरै दयनीय बनेको तामाङले जनाएका छन्। तिनले स्कूल भवनलाई पुन: निर्माण गरिदिनको निम्ति सबैसँग आग्रह पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *