पैह्रोले कालेबुङको लाभा रोड बन्द

कालेबुङ : अधिक वर्षाको कारणले गर्दा कालेबुङको लाभा रोडस्थित 6 माइलमा पैह्रो गएर सडकलाई बाधित पारेकोले हाल सडक बन्द रहेको छ। यसैले गर्दा कालेबुङ पुलिसले उक्त सडकमा माथिबाट झरेको पैह्रो सफा नगरून्जेलसम्मको निम्ति वाहनहरूको चलाचल बन्द रहने भएकोले गर्दा अन्य विकल्प रोड भएर जाने निर्देश दिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार राष्ट्रिय राजमार्गको अन्धेरी तुङलुङमा पनि पैह्रो गएर सडक बन्द भए तापनि यसको सफाई कार्य भइसकेकोले गर्दा वाहनहरूको चलाचल नियमित रूपमा शुरू भइसकेको छ। अर्कोतिर, कालेबुङ जिल्ला अन्तर्गत पर्ने राष्ट्रिय राजमार्ग 10 अन्तर्गत सेती झोड़ादेखि रम्फुसम्म सडकको मरमति कार्य, ब्याक कटिङ आदि चलिरहेको छ। यसबाहेक 29 माइलमा पनि सडक मरमति गरिने कार्य भइरहे तापनि वाहनहरूको आवत-जावत भइरहेको पुलिस सूत्रले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *