पैह्रोले मिरिक बाइपास सडक बन्द

मिरिक : बिहानैदेखि परेको मुसलधारे वर्षाको कारण पैह्रो जाँदा मिरिक बाइपास सडक बाधित बनेर यहाँको यातायात ठप्प बनेको छ । महेन्द्र गाउँ वार्ड नम्बर आठ शशी छेत्रीको घर छेउमा पैह्रो झरेको छ। ड्याम नजिक शशी छेत्रीको घर छेउमा यसभन्दा महिना दिन अघि पनि पैह्रो झरेर सडकमार्ग ठप्प बनेपछि स्थानीय महेन्द्र गाउँका युवाहरुले हटाएका थिए। आज बिहानदेखि लगातार परेको वर्षाको कारण पैह्रो झर्दा पुनः सडक बाधित बनेकोले मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ।


अर्कोतिर, मिरिकको कृष्ण नगर क्षेत्रमा अत्यधिक परेको वर्षाको कारण बाढको स्थिति सृजना भएको छ। अधिक पानी परेकोले यहाँका थुप्रै ट्याङ्की अनि ड्रेनहरूभन्दा माथिसम्म जलस्तर बढेको छ भने यहाँको बाटो तथा अन्य ठाउँहरू समेतमा पानी जमिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *