मिरिक: मिरिकको गोपालधारा कोठी गाउँका सुरेश गुरुङको घर लगायत तिनको घर वरिपरिका चार पाँचवटा घर पनि पैह्रोले गर्दा जोखिममा परेको स्थानीयहरुले बताएका छन्। गत केही दिनदेखि लगातार वर्षा भइरहेकोले सुरेश गुरुङ्को घर आगनबाटै पैह्रो गएकोले घर जोखिममा परेको छ भने छिमेकीका घरहरुलाई पनि जोखिममा पारेको पीडित सुरेश गुरुङले बताएका छन्। तिनले यथासिघ्र सम्बन्धित निकायले सुरक्षाको लागि पहल गरिदिन निवेदन गरेका छन्।