पैह्रोले एनएच 55 भएर तीनधारे र सिलगढीको सम्पर्क विच्छिन्न, सडक बनिन कम्तीमा दुई महिना लाग्ने 

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेमा गएको पैह्रोले एनएच 55 बन्द भएको छ। एनएच 55 अन्तर्गत तीनधारेको वृहत् पैह्रोको मरमति भएर दिएको खुशी सेलाउन नपाई आज फेरि अर्को नयाँ पैह्रो गएर तीनधारेवासीलाई समस्या थपिदिएको छ। आज बिहान लगभग 2.30 बजेतिर तीनधारेको पुरानो अस्पताल नजिकबाट गएको पैह्रोले तल्लोपट्टि रहेको लामपाते गैरीको सड़क पनि पूर्णरुपमा लगेको छ। अब एनएच 55 भएर तीनधारे र सिलगढीको सम्पर्क विच्छिन्न बनेको छ भने खरसाङ जानलाई पनि माथिल्लो सड़क पैह्रोले लगेपछि बाधित बनेको छ। उक्त पैह्रोले एनएच 55 पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ भने सबै गाडीहरू रोहिणी रोड भएर कुद्न थालेको छ। यसै वर्षदेखि एनएच 55 अन्तर्गत तीनधारेको पैह्रो बनिएपछि सबै गाड़ीहरू यहीं मार्गको तीनधारे भएर कुदिरहेका थियो तर आज तीनधारेमा गएको पैह्रोले गर्दा पुन: एनएच 55 पूर्णरुपमा वाधित बनेको छ। आजको पैह्रोले तीनवटा घरलाई निक्कै ठूलो डर भएको छ भने तल्लो घरको भान्सा घर भने पैह्रोले पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ। पैह्रोको निरीक्षण गर्नलाई रेलवेको तर्फबाट एडीएमई, एडीएन लगायत अन्य पदाधिकारीहरू आएका थिए तर पत्रकारहरूसित कुराकानी गर्न भने तिनीहरू मानेनन्।

अर्कोतिर एनएच 55-का अभियन्ताहरू पनि पैह्रो निरीक्षणमा आएका थिए। यसै क्रममा पत्रकारहरूसित कुराकानी गर्दै एनएच 55 को सहायक अभियन्ता गणेश बरदेवाले बिहान लगभग 2.15 तिर पैह्रो गएको र हामीले बिहान खबर पाएर पैह्रो निरीक्षण गर्न आएको बताए। तिनले पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै माथिल्लोपट्टिको सड़क खोल्नलाई जेसीबी तयार थियो तर रेलवेको भाग पनि पैह्रोले लगेको र बाटो बढ़ाउने ठाउँ नभएकोले बाटो खोलाउन नसकेको बताउँदै अब एनएच 55 खोलाउन लगभग 2 महिनासम्म लाग्ने बताएका छन्। त्यसरी नै पैह्रो नजिकमा रहेको घरको महेन्द्र छेत्रीले पत्रकारहरूलाई बताए अनुसार आज बिहान लगभग 2.30 बजेतिर घर पूरा थर्किएको र उठेर हेर्दा पैह्रो गएको देखेको अनि पैह्रो गएपछि नसुतेको बताएका छन्। तिनले घरको नजिक पैह्रो गएको र घर नजिकको बिजुलीको खम्बा पनि ढलेको कारणले आफुहरूलाई डर लाग्ने गरेको बताएका छन्। अर्कोतिर तीनधारेमा पैह्रो जानुको कारण तीनधारे राजबारी नजिकमा रहेको ग्रामीण ब्याङ्क मुनि नाली बनाउँदा मैला बग्ने नाला बन्द गरेकोले गर्दा सबै पानी बगेर आउँदा पैह्रो गएको स्थानीयहरूले बताएका छन्। तर क्यामेरा अघि भने तिनीहरूमध्ये कोही पनि बोल्न मानेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahis girişperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes