पैह्रोमा मर्नेहरूको परिवारसँग भेट गरे गोजमुमो टोलीले

दार्जिलिङ : दार्जिलिङ जिल्लाको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत पर्ने अप्पर लिङ्सेबुङको तामाङ गाउँमा पैह्रोको चपेटमा परेर मृत्यु भएका परिवारका सदस्यसँग भेट गर्न आज गोजमुमो टोली घटनास्थलमा पुगे। गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष आरपी वाइवा, नारी मोर्चा मुख्य संयोजिका उर्मिला रूम्बा र शशिडोमा राईले उक्त दुखद घटनामा शोक सम्वेदना प्रकट गर्दै घटनामा बाँचेकी 9 वर्षीय छोरी दिचेन तामाङसँग भेट गरे। यसको साथै स्थानीय मानिसहरूसँग भेट गरेर केन्द्रिय टोलीले पार्टीको तर्फबाट हर सम्भव सहयोग गर्ने आश्वासन दिएको बताइएको छ। स्मरण रहोस, दार्जिलिङ जिल्लाको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत अप्पर लिङ्सेबुङको तामाङ गाउँमा शुक्रबार राति पैह्रोको चपेटमा परेर एकै परिवारको तीनजना सदस्यको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *