पैह्रो पीडितहरूलाई पुनर्वास गरिनु पर्ने मागमा नारी मोर्चाद्वारा बीडीओ-लाई ज्ञापन

कालेबुङ: गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङले आज खण्ड विकास अधिकारीलाई प्राकृतिक प्रकोप आपदा व्यवस्था अन्तर्गत पैह्रोले घरविहिन भएका परिवारका सदस्यहरूलाई पुन: स्थापित गर्नुपर्ने माग गर्दै एउटा ज्ञापन पत्र बुझाएको छ। उक्त पैह्रोग्रस्त क्षेत्र ग्राम पञ्चायत अधिनस्थ रहेकोले उक्त जमीनमा फेरि पनि दुर्घटना हुनसक्ने सम्भावना रहेको जानकारी पनि गराएका छन्। यसैगरी, उक्त टोलीले कालेबुङ पुलिस थानामा आईसी समक्ष केही दिनअघि लिङ्सेखामा आठ वर्षीय छोरीलाई यौन शोषण गरिएको घृणित कार्यमाथि निन्दा र भत्सर्ना गर्दै उचित न्यायको माग लिखित रूपमा बुझाएको छ। टोलीमा श्रीमती ननिता गौतमको अगुवाईमा नगरपार्षद बबिता चौरसिया, ल्हमु भोटिया, बिमला छेत्री, अञ्जना गिरी, मधु राई, सिसोरा सुब्बा, मनिषा गिरीको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *