पैह्रो पीडितहरूद्वारा चाँडै व्यवस्थापन गरिदिने अपील

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ मझुवा ग्राम पञ्चायतको लोअर आरुबोटेका 26 परिवार पैह्रोको चपेटमा परेर विस्थापित बनेपछि हाल तिनीहरूको अवस्था सोचनीय बन्न पुगेको छ। उक्त पीडित परिवारहरूको लागि व्यवस्थापनको गर्ने पहल केवल शब्दमा मात्रै सीमित रहेको पीडित पक्षले गुनासो पोखेका छन्।


सम्बन्धित विभागले चाँडै व्यवस्थापनको पहल गरिदिने पीडित परिवारले अपील गरेका छन्। अर्कोतिर, ती पैह्रो पीडितहरूलाई नजिकै व्यवस्थापन गरी राखिदिने पीडित पक्षबाट त्राण समिति सभापति दिलन सुब्बाले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *