पैह्रो पीडितहरूलाई त्राण सामग्री वितरण

मजुवा: मजुवा ग्राम अधीनस्थ सेक्रेट हार्ट स्कुल परिसरको विभत्स पैह्रोको चपेटमा आएका पीडितहरूलाई आज त्राण समाग्रीहरू वितरण गरियो। अजय एडवर्ड फउनडेसनको तर्फबाट 17 जना पीडित परिवारलाई 2 दुई हजार नगद रुपियाँसहित सामग्रीहरू वितरण गरियो। यसैगरी, गोजमुमो बिमल खेमा केन्द्रीय कमिटीद्वारा आरपी वाईवाको नेतृत्वमा पैह्रो पीडितहरूलाई आवश्यक  सामग्रीहरू वितरण गरियो। पैह्रो पीडितहरूलाई सहयोग गर्न चाहने संघ-संस्थाहरूले त्राण समिति सभापति दिलन सुब्बा तथा सचिव संजय सुब्बासित सम्पर्क गर्न सकिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *