पैह्रोले एनजेपी-दार्जिलिङ टोय ट्रेन परिसेवा रद्द

सिलगढी (निसं): पैह्रोले गर्दा टोय ट्रेन सेवा एकपल्ट फेरि बाधित बन्न पुगेको छ। आज एनजेपीदेखि दार्जिलिङ चल्ने टोय ट्रेन सेवा बन्द गरिदिएको छ। लगातार परेको पानीले गर्दा रेल लीकमा पैह्रो गएर गत केही दिन अघि मात्र टोय ट्रेनको परिसेवा सामान्य भएको थियो। आज बिहान रोङटोङ अनि तिनधारिया बीच टोय ट्रेनको लीकमा पैह्रो गएर क्षति पुऱ्याएको बताइएको छ। यसैले गर्दा विशेष गरेर दार्जिलिङ घुम्न आउने पर्यटकहरूका लागि सिलगढीको एनजेपीदेखि दार्जिलिङसम्म चल्ने टोय ट्रेन सेवालाई रद्द गरिदिएको छ। डीएचआर सूत्र अनुसार मरमति कार्यको लागि केही दिन लाग्ने भएकोले गर्दा उक्त टोय ट्रेन परिसेवा बन्द रहने छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *