पक्का सडक बनाउने मागमा गाउँलेहरूद्वारा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन

राजगञ्ज : पक्का सडकको माग गर्दै गाउँलेहरूले आज राजगञ्ज ब्लकको जोटियाकाली-गाडरा राजकीय सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। यसको साथै स्थानीय मानिसहरूले बाँसको ब्यारिकेट र टायर जलाएर विरोध प्रदर्शन गरे। राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको पश्चिम बालाबारीको उक्त कच्चा सड़क भएर गाउँलेहरू आवत-जावत गर्ने गर्दछन्। लाल स्कुल बालाबारीदेखि पश्चिम बालाबारीसम्म लगभग डेढ़ किलोमीटरको दूरीमा प्राथमिक विद्यालय, आँगनबारी केन्द्र तथा उपस्वास्थ्य केन्द्रहरू छ। स्थानीय मानिसहरूले बताएअनुसार लगभग 7 गाउँका मानिसहरू यहीँ सडक भएर यातायात गर्न पर्दछ भने वर्षाको समयमा उक्त सडकमा हिलो तथा पानी जम्ने गर्दा मानिसहरूलाई आवतजावत गर्न निक्कै असुविधा भइरहेको छ। यसबारे नेता तथा प्रशासनलाई अवगत गराए तापनि हालसम्म उक्त सडकलाई पक्का सडकमा परिणत गरेको छैन। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आन्दोलन जारी राख्ने गाउँलेहरूले बताए। घटनाको जानकारी पाएर राजगञ्जको जोइन्ट बीडीओ तथा राजगञ्ज पुलिस घटनास्थलमा पुगेर हालको लागि बलुवा गिटी लगाइदिएर उक्त सडकको मरमति गरिदिने आश्वासन दिए तापनि विक्षोभ गरिरहेका गाउँलेहरू आफ्नो मागमा अडिग रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *