पक्का सडकको निर्माण कार्यको उत्तरा बर्मनद्वारा शिलान्यास

राजगञ्ज : पक्का सडकको निर्माण कार्यको जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले आज शिलान्यास गरिन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको पागलुपाडा मोडदेखि कामातपाडा बाङ्गीफाटा मोडसम्मको उक्त पक्का सडकको जलपाईगढी जिल्ला परिषदको कोषबाट लगभग 33 लाख रुपियाँको लागतमा निर्माण गरिरहेको बताइएको छ। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले बताएअनुसार इलाकावासीहरूको धेरै दिन अघिदेखि माग अनुसार आज पक्का सडकको निर्माण कार्यको शिलान्यास गरिएको हो। उक्त सडक निर्माण भएपछि इलाकाका मानिसहरूलाई धेरै सुविधा पुग्ने तिनले बताइन्। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, बिन्नागढी अञ्चल प्रधान शशी चन्द्र बर्मन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *