पक्रा परेको भाजपा कर्मीको मृत्युलाई लिएर उत्तेजना

कुचबिहार : एकजना भाजपा कर्मीको सुधार गृहमैं सोमबार मृत्यु भएपछि यसलाई उत्तेजना फैलिएको छ। प्राप्त जानकारी अनुसार मृतक भाजपा कर्मी रामप्रसाद बारुई (76) हटाको गोसानीमारीका वासिन्दा हुन्। गत 30 दिसम्बरमा तिनलाई हटा थाना पुलिसले पक्राउ गरेपछि 31 दिसम्बरको दिन सुधार गृहमा पठाइएको थियो। सुधार गृहमैं तिनी विमारी भएपछि कुचबिहार अस्पतालमा लगिएको थियो भने त्यहाँ नै आज तिनले अन्तिम श्वास फेरे। उक्त घटनालाई लिएर भाजपाले आन्दोलन गर्ने भएको छ। गत 30 दिसम्बरमा सिंताई विधानसभाको तृणमूल कांग्रेस विधायक जगदीश चन्द्र वसुनियाको गाड़ीमा तिनकै कर्मीहरूले गोसानीमारी इलाकामा हमला गरे तापनि यस मामिलामा पुलिसले भाजपाको 5 कर्मी सहित रामप्रसाद बरुईलाई बिमारी अवस्थामा नै पक्राउ गरेको भाजपाले आरोप लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *