पक्रा परेका कर्मचारीहरूलाई रिहाई गरिनुपर्ने मागमा कुचबिहारमा धिक्कार दिवस पालन

कुचबिहार : डीएको मागमा विधानसभा अभियान अवधि संगठनका नेतृत्वहरूमाथि पुलिसको आक्रमण तथा पक्राउ गरेकोमा प्रतिवाद जनाउँदै पश्चिमबंग सरकारी कर्मचारी समिति समूहको राज्य को-अर्डिनेसन कमिटी कुचबिहार जिल्ला शाखाले आज धिक्कार दिवस पालन गर्यो। संगठनका सदस्यहरूले आज कुचबिहार सदर महकुमाशासक विभाग कार्यालयअघि भेला भएर विक्षोभ देखाउँदै धिक्कार दिवस पालन गरे। संगठनका नेतृत्वहरूले भने, न्यायको मागमा आन्दोलन गर्दा पुलिसले आन्दोलनकारीहरूलाई घुस्सीले हिर्काउनको साथै कुनै अपराधबिनै पक्राउ गरेको छ। हिजो डीएको मागमा विधानसभा अभियान अवधि संगठनका 48 जना नेतृत्वलाई पुलिसले कुनै कारणबिनै पक्राउ गरेको छ। यसैले तिनीहरूलाई रिहाई गरिनुपर्ने मागमा आज संगठनको तर्फबाट धिक्कार दिवस पालन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *