पक्राउ गर्ने वारन्ट जारी भएपछि अदालतमा गएर आत्मसमर्पण गरे केन्द्रीय मन्त्री जोन बारलाले

कुचबिहार : पक्राउ गर्ने वारन्ट जारी भएपछि आज बिहान केन्द्रीय अल्पसंख्यक राज्य मन्त्री जोन बारलाले तुफानगञ्ज महकुमा अदालतमा गएर आत्मसमर्पण गरे। स्मरण रहोस्, 2019-को लोकसभा चुनाउको आचार संहिता भङ्ग गरेर तत्कालीन लोकसभा केन्द्रको सांसद प्रार्थी जोन बारला लगायत तिनका कार्यकर्ता तथा समर्थकहरूले पथ सभा गरेका थिए। चुनाउ आयोग कमिशनका अधिकारीहरूले जोन बारला लगायत 4 जना विरुद्ध बक्सिरहाट थानामा लिखित अभियोग दर्ता गरेको थियो। तथापि, तीमध्ये 3 जनाले जमानत पाइसकेका छन्। गत 15 नोभेम्बरमा अदालतले केन्द्रीय अल्पसंख्यक राज्य मन्त्री जोन बारलालाई समन पठाएको थियो। यसपछि जोन बारला अथवा तिनको वकील अदालतमा हाजिर नभएकोले गर्दा तुफानगञ्ज महकुमा अदालतले तिनलाई पक्राउ गर्ने वारन्ट जारी गरेको थियो। पक्राउ गर्ने वारन्ट जारी हुनसाथ जोन बारला आज वकील तथा तुफानगञ्ज विधानसभाका विधायिका मालती राभा रायलाई साथमा लिएर तुफानगञ्ज अदालतमा गएपछि तिनले 500 रुपियाँ बन्डमा  जमानत पाए। जमानत पाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जोन बारलाले भने, मैले सरकारी रूपमा कुनै नोटिस पाएको थिइन। हिजो सोशल मीडिया, टिभीमा खबर हेरेपछि पक्राउ गर्ने वारन्ट जारी भएको कुरा थाहा पाए। त्यस समय छापा भोट भएको थियो भने यस विरुद्ध कुनै पहल नगरेकोमा आफूले एउटा र्‍याली मात्र निकालेको थिए। आफूमाथि अन्याय भएको छ। मैले जमानत पाएको छु तर अब यसलाई लिएर कानुनी लडाइँ गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *