प्यान-आधार लिङ्क गर्न रुपियाँ लिइरहेको प्रतिवादमा फुलबारीमा आईएनटीटीयुसी-द्वारा सभा

फुलबारी : प्यान कार्ड र आधार कार्ड लिङ्क गर्नको लागि एक हजार रुपियाँ लिएकोमा प्रतिवाद जनाउँदै तृणमूलको आईएनटीटीयुसी श्रमिक संगठनले आज प्रतिवाद सभाको आयोजना गर्यो। डाबग्राम-फुलबारी विधानसभा केन्द्रको फुलबारी मोडमा आज उक्त सभाको आयोजना गरियो। यस विषयमा डाबग्राम-फुलबारी विधानसभा केन्द्रका आईएनटीटीयुसी-का ब्लक सभापति सुकान्त करले भने, केन्द्र सरकारले अवैध रूपमा प्यान-आधार लिङ्क गर्नको लागि 1000 रुपियाँ लिइरहेको छ। यसको प्रतिवादमा संगठनद्वारा राज्यको विभिन्न जिल्ला तता ब्लकहरूमा विरोध सभाको आयोजना गरिरहेको छ। यसै क्रममा आज फुलबारीमा पनि प्रतिवाद सभाको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *