पञ्चानन वर्मा विश्व विद्यालयको चौथो दीक्षान्त समारोहको आयोजना

कुचबिहार : कुचबिहारको पञ्चानन वर्मा विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज कुचबिहार उत्सव अडिटोरियम हलमा आयोजना गरियो। राज्यका राज्यपाल डा. सीभी आनन्द बोसले दीक्षान्त समारोहको उद्घाटन गरे। कोरोना कालमा दीक्षान्त समारोहको आयोजना गर्न सकिएन। कोभिडको स्थिति सामान्य बनेपछि वर्ष 2020-2022 सम्म तीन वर्षको दीक्षान्त समारोहको आज आयोजना गरियो। उक्त समारोहमा मोठ 282 जना विद्यार्थीहरूलाई पदक प्रदान गरियो, जसमा 137 वटा स्वर्ण पदक र 145 वटा रजत पदक सामेल छ। अर्कोतिर, 36 जनालाई पीएचडी र 21 जनालाई एमफिलको डिग्री प्रदान गरियो। यस अवसरमा प्रोफेसर तापस कुमार कुन्डू, उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, पञ्चानन बर्मा विश्वविद्यालयका कुलपति डा. देव कुमार मुखोपाध्याय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *