पञ्चायत चुनाउ अघि अभिषेक ब्यानर्जी तीनदिने भ्रमणमा आज कूचबिहार आउने, जोडतोडले तयारी जारी

कुचबिहार (निसं): पञ्चायत चुनाउको ठीक अघि तृणमूल नेता अभिषेक ब्यानर्जी तीन दिवसीय भ्रमणमा आज साँझ कुचबिहार आइपुग्ने भएका छन्। यसलाई लिएर साहेबगञ्ज, गोसानीमारी र शीतलकुचीमा सम्पन्न हुने सभा मञ्च निर्माण कार्य जोडतोडले चलिरहेको छ। अदिक गर्मीलाई ध्यानमा राखोर आयोजक कमिटीले तुफानगञ्ज, दिनहाटा र माथाभांगामा टेन्टको व्यवस्था गरेको छ। अभिषेक ब्यानर्जीले पनि आजको रात त्यहीं टेन्टमा बिताउने भएका छन्। तिनको परिभ्रमणलाई लिएर पार्टीका समर्थकहरू उत्साहित देखिन्छन्। अभिषेक ब्यानर्जी कुचबिहारको एबीएन शील कलेज मैदानस्थित हेलीपेडमा ओर्लिने योजना रहेको छ। त्यहाँबाट तिनी सोझै कुचबिहारस्थित मदनमोहन मन्दिर जाने छन्। मदनमोहन मन्दिरमा पूजा-अर्चना गरेपछि तिनी दिनहाटाको लागि प्रस्थान गर्नेछन्। पञ्चायत चुनाउ भन्दा ठीक अघि सांसद अभिषेक ब्यानर्जीले कुचबिहारको भ्रमण गर्ने भएका छन्। प्राप्त जानकारी अनुसार तिनी 26 अप्रेलसम्म कुचबिहारमा नै रहने छन्। तीन दिनसम्म जिल्लाको विभिन्न ठाउँमा जनसभा अनि पार्टीको कार्यक्रममा अंश ग्रहण गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *