पञ्चायत चुनाउ अघि विभिन्न पार्टी छोडेर 200 परिवार तृणमूल-मा सामेल

राजगञ्ज : पञ्चायत चुनाउ अघि भाजपा लगायत अन्य पार्टी छोडेर 200 परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएको छ। सुखानी अञ्चलमा तृणमूल कङ्ग्रेसको पहलमा आज एउटा समर्थन सभाको आयोजना गरियो। उक्त सभामा राजगञ्जका विधायक खगेश्वर रायको नेतृत्वमा राजगञ्जको कइमारी गाउँका लगभग 2 सय परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएको बताइएको छ। यसबाहेक केक काटेर अखिल भारतीय तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीको जन्मदिन पालन गरियो। यस अवसरमा राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी, सुखानी अञ्चल प्रधान सम्पा दत्त, फरजान अली लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.