दार्जिलिङ (निसं): पहाड़का चारवटा पार्टीको एउटा संयुक्त बैठक आज दार्जिलिङको गोर्खा दुःख निवारण सम्मेलनको पुस्तकालय भवनमा सम्पन्न भयो। आगामी पञ्चायत चुनाउ विषयमा गरिएको उक्त संयुक्त बैठकमा गोर्खा जनमुक्ति मोर्चा, सीपीआरएम, हाम्रो पार्टी र भाजपाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पञ्चायत चुनाउ विषयमा आज सम्पन्न भएको पहिलो संयुक्त बैठकमा सबै पार्टीका प्रतिनिधिहरूले आ-आफ्नो विचार तथा मतहरू साझा गरे। यसको साथै आगामी दिनमा पुन: बैठक डाकेर पञ्चायत चुनाउ कसरी लड्नु पर्ने भन्ने विषयमा तयारी गरिने गोर्खा जनमुक्ति मोर्चाका ट्रेड युनियनका नेता सुरज सुब्बाले बताएका छन्।