पञ्चायत चुनाउबारे गोजमुमो मिरिक महकुमा समितिको सभा सम्पन्न

मिरिक (निसं): गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको एउटा सभा केन्द्रीय सहसचिव विनोद खालिङको अध्यक्षतामा अनि नारी मोर्चा केन्द्रीय सदस्य श्रीमती ललिता छेत्रीको विशेष उपस्थितिमा सम्पन्न भयो। पुर्ण सिंह राईले सञ्चालन गरेको उक्त सभामा आगामी पञ्चायत चुनाउ विषयमा पार्टीको सहभागिता बारे चर्चा-परिचर्चा गऱ्यो। आजको सभामा चारैवटा समष्टिबाट मुख्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो। आजको सभाले पञ्चायत चुनाउ सम्बन्धि भावी रणनीति बनाउनेबारे सबै समष्टिले मिरिक महकुमा समितिको निर्णयलाई मान्य गरिने सहमति जनाएको छ। आगामी पञ्चायत चुनाउ एकताको प्रतीक एक सन्देश आमजनता र सरकारलाई दिइने प्रयास गरिने बताइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *