पञ्चायत चुनाउबारे हाम्रो पार्टी र गोजमुमो माझ बैठक

दार्जिलिङ (निसं): हाम्रो पार्टी र गोजमुमो-का नेताहरू बीच आज दार्जिलिङमा एउटा बैठक सम्पन्न भयो। आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर हाम्रो पार्टी र गोजमुमोमाझ बैठक गरेको बताइएको छ। आजको बैठकमा हाम्रो पार्टीको पक्षबाट सभासद रोवर्ड छेत्री, रितेश पोर्तेल आदि उपस्थित थिए भने गोजमुमोको पक्षबाट नोमन राई,सुरज सुब्बा आदि उपस्थित रहेको थियो। लगभग एक घण्टाभन्दा लामो समयसम्म चलेको बैठकमा आगामी दिनमा हुने पञ्चायत चुनाउमा के कस्तो प्रकारले चुनावी मैदानमा ओर्लिन पर्ने भन्ने विषयमा गहन चर्चा-परिचर्चा गरियो।


पञ्चायत चुनाउलाई लिएर हाम्रो पार्टी र गोजमुमो माझको यो पहिलो बैठक हो तथापि आजको बैठकमा दुवै पार्टीको केन्द्रीय अध्यक्षहरूको उपस्थिति थिएन। आगामी केही दिनमा फेरि पञ्चायत चुनाउबारे दुई पार्टीमाझ दोस्रो चरणको बैठक हुने भएको बताइएको छ। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै जनताको राज भन्दै आइरहेको छ। दार्जिलिङ पहाडमा साच्चै नै जनताको राज ल्याउन हो भने ग्रामीण स्तरदेखि काम गर्नपर्छ अनि ग्रामीण क्षेत्रका मानिसहरूलाई जागरूक एंव सचेत बनाउनु पर्छ,जुन कार्य हाम्रो पार्टीले गर्दै आइरहेको दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *