पञ्चायत चुनाउ: भागोप्रमो खरसाङका प्रार्थीहरूको घोषणा पत्र जारी

खरसाङ (निसं) : आगामी पञ्चायत चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले आज चुनाउ घोषणा पत्र जारी गरेको छ। दार्जिलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिद्वारा हिजो पार्टीको घोषणा पत्र जारी गरिएको थियो भने आज खरसाङको लागि पनि घोषणा पत्र जारी गरेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा पार्टी कार्यालयमा पत्रकार सम्मेलन बोलाएर आज पञ्चायत चुनाउको लागि घोषणा पत्र सार्वजनिक गरिएको छ। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सचिव एवं सभासद प्रणाम रसाईली, नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, महकुमा समितिको सह-सचिव एमबी घले र विशाल शर्मा, कार्यालय सचिव प्रणय रोका, प्रचार-प्रसार सचिव दिपेन सेवा, महकुमा सदस्यहरू प्रेम बम्जन र पुरण थापा आदिको उपस्थितिमा आज उक्त घोषणा पत्र जारी गरे। खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा खड़ा भएका पार्टीको प्रार्थीहरूका लागि उक्त घोषणा पत्र जारी गरिएको बताइएको छ। यसपालीको पञ्चायत चुनाउमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पहिलेबाटै 18 जना पञ्चायत सदस्यहरू र 5 जना पञ्चायत समितिका सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन्।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले आज भागोप्रमो खरसाङ महकुमा समितिद्वारा छुट्टै प्रकारले चुनाउ घोषणा पत्र जारी गरेको बताउँदै भागोप्रमो-ले राज्य सरकारसित मिलेर कार्य गरेपछि नै पहाड़मा पञ्चायतीराज फर्केर आएको हो र पञ्चायती व्यवस्थाले जनताको राज फर्केर आउनेछ भनी बताएका छन्। तिनले जीटीए चुनाउ अवधि गरेको सम्पूर्ण घोषणाहरू विस्तारै पूरा भएको र अब पञ्चायत चुनाउको घोषणा पत्रहरू पनि सबै पूरा गरिने बताए। त्यसरी नै. भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एवं सभासद प्रणाम रसाईलीले आज जारी गरिएको पार्टीको घोषणा पत्र विषयमा विस्तृत रुपमा जानकारी गराए। तिनले चुनाउ अघि नै खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा 18 जना पञ्चायत सदस्यहरू र 5 जना पञ्चायत समितिको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरू निर्विरोध रहेको जानकारी गराएका गराउँदै प्रत्येक ग्राम पञ्चायतमा भागोप्रमो-को बोर्ड गठन गर्ने र ग्रामीण क्षेत्रको विकास कार्यहरू गर्नलाई परियोजना तयार पारिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes