पञ्चायत चुनाउ: दिनहाटामा भाजपा प्रार्थीको देवरको निर्मम हत्या

कुचबिहार: पञ्चायत चुनाउ अगावै दिनहाटामा हत्याको अझ एउटा मामिला अघि आएको छ। यसपल्ट कार्यकर्ता-समर्थकको नभएर भाजपा प्रार्थीको देवरको हत्या भएको छ। उक्त घटना दिनहाटा 2 नम्बर ब्लकको किसामत दसग्राम ग्राम पञ्चायत अन्तर्गत टियादह इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत अबेर राति भाजपा प्रार्थीको देवरलाई घर अघिबाट लगेर हत्या गरिदिएको बताइएको छ। घरदेखि केही टाढामा खुनले लतपत अवस्थामा तिनको शव उद्धार गरेको छ। कुनै धारिलो हतियारले प्रहार गरेको तिनको हत्या गरेको बताइएको छ। मृतक व्यक्ति शम्भु दासको रूपमा चिन्हित गरिएको छ। मृतकको भाउजु विशाखा दास भाजपा प्रार्थीको रूपमा पञ्चायत चुनाउमा खडा भएका छन्। यस घटनालाई लिएर भाजपाले तृणमूलमाथि आरोप लगाएको छ। अर्कोतिर, तृणमूलले आफूहरूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेको छ। यस सम्बन्धमा मृतकका बाबु नरेन दासले बताएअनुसार राति केही मानिसहरू घरमा आएर छोरा शम्भुलाई बोलाएर लगेपछि तिनको हत्या गरिदिएको हो। माइला छोराको स्वास्नी भाजपा उम्मेद्वारको रूपमा चुनाउमा खडा भएकी छन्। यसैले गर्दा तृणमूल-को तर्फबाट आफूहरूलाई धम्की दिइरहेको तिनले आरोप लगाए। अर्कोतिर, उत्तरबंग विकास मन्त्री उदयन गुहाले भने, यो अति नै दुखद घटना हो। तर भाजपाले तृणमूलमाथि झुटो आरोप लगाइरहेको छ। यसलाई लिएर भाजपाले राजनीति गर्ने प्रयास गरिरहेको छ। शम्भु दास राजनीतिक व्यक्ति थिएनन्। यो कुनै महिला सम्बन्धित मामिला हो। पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes