पञ्चायत चुनाउ: जोरबङ्गलो-सुकेपोखरी ब्लकको विभिन्न बुथहरूमा हालसम्म शान्तिपूर्ण मतदान जारी

सुकेपोखरी (निसं): दार्जिलिङ जिल्लाको जोरबङ्गलो-सुकेपोखरी ब्लक इलाकाको विभिन्न बुथहरूमा हालसम्म पञ्चायत चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न भइरहेको छ। हालसम्म कुनै प्रकारको अप्रिय घटना भएको समाचार प्राप्त नभएको हाम्रा संवादाताले जनाएको छ।


प्राप्त जानकारी अनुसार जोरबङ्गलो-सुकेपोखरी खण्ड विकास कार्यालय अन्तर्गत पञ्चायत समितिको 39 वटा आसनमा 115 जना उम्मेदवार अनि 16 वटा ग्राम पञ्चायतको 145 वटा आसनमा 388 जना उम्मेदवारबीच कठोर प्रतिस्पर्धाबीच मतदान चलिरहेको छ। आज यस खण्ड विकास अन्तर्गत 138 वटा बुथमा चुनाउ सम्पन्न गर्न सबै चुनाउ कर्मचारी, सुरक्षा कर्मीहरू आ-आफ्नो सम्बन्धित ग्राम पञ्चायतको बुथमा खटिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *