पञ्चायत चुनाउका विजयी सीपीएम प्रार्थी तृणमूल-मा सामेल

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको 19/308 नम्बर बुथका विजयी सीपीएम प्रार्थी अञ्जुनारा बेगम पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रमाणिकको बाहुलीबाट तिनले तृणमूलको झन्डा समाए। तिनीसँगै 2 सयजना कार्यकर्ता तथा समर्थकहरू पनि सीपीएम छोडेर तृणमूलमा सामेल भएका छन्। यस अवसरमा जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रमाणिक, तृणमूल कङ्ग्रेसको डाबग्राम-फुलबारी ब्लक सभापति सुधा सिंह च्याटर्जी, आईएनटीटीयुसी-को ब्लक सभापति सुकान्त कर, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान रफिकुल इस्लाम, फुलबारी 2 नम्बर अञ्चल सभापति रबिउल करिम लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *