पञ्चायत चुनाउको मिति घोषणा हुनसाथ तृणमूल-द्वारा देवाल लेखन कार्य शुरू

सिलगढी : आगामी 8 जुलाईको दिन राज्यमा पञ्चायत चुनाउ सम्पन्न हुने घोषणा गरिनसाथ सबै राजनैतिक पार्टीहरू मैदानमा ओर्लिएको छ। यसै क्रममा विभिन्न ठाउँमा देवाल लेखन तथा चुनाउ प्रचार शुरू भइसकेको छ। आज डाबग्राम फुलबारी ब्लकको फुलबारी 1 र 2 अञ्चल इलाकामा देवाल लेखन कार्य गरियो। फुलबारी 1 अञ्चल तृणमूल कङ्ग्रेसको पहलमा फुलबारीको कामराङ्गागढी इलाकामा तृणमूलका नेतृत्व तथा कार्यकर्ताहरूले देवल लेखन कार्य शुरू गरे। यस अवसरमा फुलबारी 1 अञ्चल तृणमूल कङ्ग्रेस सभापति मोहम्मद अहिद, डाबग्राम फुलबारी ब्लकका युवा सभापति किशोर मण्डल, अञ्चल युवा सभापति गणेश बर्मन लगायत तृणमूलका अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। अञ्चल सभापति मोहम्मद आहिदले फुलबारीमा पञ्चायत चुनाउमा तृणमूलले राम्रो परिणाम ल्याउनेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *